Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दमकको भुटानी शरणार्थी शिविरमा श्रीमानद्वारा श्रीमतीको हत्या


झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

 

सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । फरार रहेका राईलाई दमक–२ स्थित एक घरबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ ।

 

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी राईले श्रीमतीलाई कुटपिट गरेका थिए । मृतकको शव पोष्टमार्टमका लाथि दमक अस्पताल पठाइएको प्रहरीले नाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै