Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतीय महावाणिज्य दूतावासले सुरु गर्यो गुनासो सुन्ने मञ्च

भारतीय महावाणिज्य दूतावासले आज नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको गुनासो सम्बोधन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।

 

 

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आजाद अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत गुनासो सुुन्ने मञ्च नामक कार्यक्रम दूतावास परिसरभित्र समापन गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए ।

 

 

उक्त कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गर्नु रहेको थियो । सोही अवसरमा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै