Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन् ।

 

उनले यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको र त्यहाँका नागरिक समस्यामा परिरहेकाले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु  नैतिक दायित्व भएको बताएकी हुन् ।     

 

उनकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ । 

 

उनले भनिन् ‘यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।’

 


उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिइन् । 

 

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै