Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

लोड भएको अटोमेटिक पेस्तोल सहित सर्लाही सीमाबाट २ भारतीय पक्राउ 

सशस्त्र प्रहरी बल नेपालको सलार्हीस्थित बोर्डर आउट पोष्ट त्रिभुवननगरले अटोमेटिक पेस्तोल, २ थान गोली र म्याग्जिन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 

 

मेडईन इटाली लेखिएको घरेलु निर्मित अटो पेस्तोलसहित सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबाट उनीहरुलाई बिहिबार साँझ पक्राउ गरिएको हो  । भर्खरै बनाएको सो हतियार बोकेर नेपाल आउनुको उनीहरुको उद्देश्यका बिषयमा स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । 

 

 


पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो छन् ।

 


भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ  आउँदै गरेका उनीहरुलाई बीओपी  त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारिएको हो । 

 

सशस्त्र प्रहरीले पक्राउ परेका आरोपीतलाई बरामद सामाग्री सहित स्थानीय प्रहरीको जिम्मा लगाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै