Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

बर्दियामा समातिए ब्राउनसुगरका ‘पेडलर’ 

प्रहरीले बर्दिया र बाँकेमा लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) का खुद्रा कारोबारी (पेडलर) लाई २७ ग्रामभन्दा बढी सामानसहित पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका–५ सहिद गेटबाट  बा ८५ प ९८२८ नम्बरको रोयल इनफिल्ड कम्पनीको मोटरसाईकलमा सवार जिल्ला बर्दिया गुलरिया नगरपालिका–२ बस्ने बर्ष ३५ को अकलेश यादवलाई पक्राउ गरेको हो । 

 

प्रहरीका अनुसार यादवले बर्दिया र बाँकेका  दुर्व्यसनीहरुलाई ‘माल’ सप्लाईगर्दै आएका थिए । प्रहरीले उनलाई शंका लागी रोकी खान तलासी गर्दा उनको साथबाट ३० थान साना–साना पुरिया बनाई राखेको लागु औषध ब्राउन सुगर २७ ग्राम ५०० मिलिग्राम फेला पारेको थियो । 

 

उक्त लागु औषध, मोटरसाईकल र निजको साथमा रहेको  मोबाईल प्रहरीले बरामद गरेको छ । उनका साथबाट बरामद मोबाइलबाट थप खुलासा हुने प्रहरीले जनाएको छ । 

 

प्रारम्भिक अनुसन्धानमा उनी लागु औषध ब्राउन सुगरको कारोबारी रहेको खुलेको एसपी ईश्वर कार्कीले पर्दाफासलाई बताए । उनका बिरुद्ध अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै