Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दुईवटा चोरीका क्रेटा गाडी सहित बौद्धबाट दुईजना पक्राउ 

फाइल फाेटाे ।

प्रहरीले हाल बजारमा निकै चलनचल्तीमा रहेको र धेरैले मनपराएको हुण्डाईको क्रेटा गाडीसहित दुईजनालाई बौद्धबाट पक्राउ गरेको छ । 

 

 

महानगरीय अपराध महाशाखाले भारतबाट चोरेर भन्सार छलेर ल्याएर काठमाडौंमा नक्कली नम्बर प्लेट लगाएर गुडिरहेका २ वटा क्रेटा गाडी बरामद गरेको हो । यस्तै घटनामा संलग्न भारत पश्चिम बंगालको दार्जिलिङका सोनाम टासी योल्मो र मुस्ताङका आग्या गुरुङलाई पक्राउ गरेको छ । 

 

 

महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट चोरीका गाडी भन्सार छलेर नेपा भित्राएर बेच्ने गिरोहका दुई सदस्य पक्राउ परेको बताए । उनले बरामद गाडीको बजार मूल्य एक करोड रुपैयाँ भन्दा बढी भएको पर्दाफासलाई बताए । 

 

 

उनीहरुबाट बरमद गाडीमध्ये एउटामा बा. १९ च. २०३६ नम्बर राखेर प्रयोग भइरहेको थियो । 

 

 

महाशाखाले पक्राउ परेका आरोपी र बरामद गाडी आवश्यक कारवाहीको लागी त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर,काठमाण्डौ पठाईएको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै