
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसबाट १३ थान ल्यापटप चोरी भएको घटना सार्वजनिक भएको छ ।
लिमिटेडको आयात गोदामबाट गत जेठ ०७ र ११ गते आयात भएको ५०७ पिस ल्यापटपमध्ये जेठ २० गते मध्यरातको समयमा ७ पिस र असार ३ राती ६ पिस गरि जम्मा १३ थान ल्यापटप चोरी भएको थियो।
ल्यापटप चोरी भएपछि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले महानगरीय अपराध महाशाखामा निवेदन दिएको थियो ।
महानगरीय विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा अनुसन्धान गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न सिन्धुपाल्चोकका विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीलाई चोरी गरि लगेको ल्यापटप सहित पक्राउ गरि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिको तर्फबाट कार्गो कम्प्लेक्सको निर्यात गोदाममा अधिकारी लोडरको काम गर्थे।
राति आयात तर्फको गोदामबाट ल्यापटप चोरेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको भेटिएको बाँस्तोलाले बताए।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit