Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राजस्व चुहावटको अभियोगमा छजनाविरुद्ध मुद्दा 

राजस्व अनुसन्धान कार्यालय कोहलपुरले राजस्व चुहावटको अभियोगमा छजनाविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा आलिया आलिया ट्रेड एण्ड सप्लायर्स का सञ्चालन मोहम्मद मेहेमुद अन्सारी, भन्सार एजेन्ट मोहम्मद सलिम सिद्धिकी, मोहम्मद आरिफ सैयाद, भन्सार अधिकृत टोप बहादुर भुसाल, भन्सार जाँचकी नासु रेवतीराज गिरी र भन्सार एजेन्ट डिल्लिराम तामाङमाथि मुद्दा दायर गरिएको हो । 

 


उनीहरुले राजस्व चुहावटको कार्य गरेको सूचनाको आधारमा खटिएको टोलीले नेपालगञ्ज भन्सार कार्यालयमा रोकिराखेको ट्रकको जाँच गर्दा भन्सार प्रज्ञापनत पत्रमा घोषणा गरिएको भन्दा मालवस्तु फरक पाइएको, घोषणामा मूल्य अत्यधिक घटाइएको, सामान कम उल्लेख गरिएको, घोषणा नै नगरी मालसामान आयत गरिएको, घोषणा गर्दा बनेको देश, बनावट, गुणस्तरलगायतका विषयहरु फरक पाइएको थियो । 

 


राजस्व अनुसन्धान कार्यालयले दायर गरेको मुद्दामा अलिया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक मोहम्मद मेहेमुद अन्सारीमाथि १ करोड १८ लाख १८ हजार ९५६ बिगो र सोही बराबरको जरिवाना माग गरिएको छ ।

 

त्यस्तै अन्य पतिवादीहरुबाट १ करोड ४२ लाख ३० हजार ६२८ रुपैयाँ बिगो तथा सोही बराबरको जरिवाना माग गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै