
न्याय परिषदले विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई सल्लाह दिने निर्णय गरेको हो ।
विशेष अदालतका सदस्यहरुमा न्यायाधीश रमेशकुमार पोखरेल उच्च अदालत जनकपुर वीरगंज इजलास, न्यायाधीश यमुना भट्टराई उच्च अदालत विराटनगर, न्यायाधीश शालिग्राम कोइराला उच्च अदालत पोखरा बाग्लुङ इजलास न्यायाधीश वलभद्र बास्तोला उच्च अदालत तुलसीपुर बुटवल इजलास र न्यायाधीश डाक्टर खुशी प्रसाद थारु उच्च अदालत पाटनलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो ।
यस्तै परिषदको बुधबारको बैठकले राजश्व न्यायाधिकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत पाटन हाल उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका न्यायाधीश टेक प्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
यस्तै विशेष अदालतमा रहेका न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत सुर्खेत जुम्ला इजलास र न्यायाधीश नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काज सरुवागर्ने निर्णय समेत परिषदले गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit