
सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्।
एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी
बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेका चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल
प्रहरीलाई बुझाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit