Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राजस्व चुहावटको आरोपमा पाँच व्यवसायीरुद्ध उच्च अदालतमा मुद्दा 

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा पाँच उद्योगीविरुद्ध ललितपुरस्थित पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। विभागले चिवनको निरज ट्रेडर्स एण्ड सप्लायर्सका दुईजना सञ्चालक र काठमाडौंको राज ट्रेडर्सका तीन सञ्चालकमाथि मुद्दा दायर गरेको हो। 

 


विभधागले दिएको जानकारीअनुसार निरज ट्रेडर्स एण्ड सप्लायर्सका श्रीराम ठाकुर र जटा शंकर जैसवालले जाली, नक्कली तथा झुटा अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी राजस्व छलीइ गरेका थिए।

 

 

उनीहरुले ७ करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ कर छली गरेको विभागले बताएको छ उनीहरुसँग १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँमा बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो। 

 


त्यस्तै राज ट्रेडर्सका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह र भविचन महतो कोइरीले अवैधरुपमा भारतीय चीनी ल्याई एकपटक मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणालीमा प्रविष्ट भइसकेको सक्कल कागजातको विवरण २८ पटकसम्म सच्चाई तिर्नुपर्ने कर छली गरेको विभागले बताएको छ।

 

उनीहरुले १ करोड ८६ लाख २९ हजार रुपैयाँ राजस्व छली गरेको पाइएको छ। उनीहरुबाट ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँमा बिगो माग गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै