
काठमाडौंको सिनामंगलस्थित एक होटलबाट हाम्फाल्दा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय नेलिकठन नम्बादेवी भनिने पुरुष छन् ।
आइतबार राति १०ः४० मा सिनामंगल एयरपोर्ट होटलको चौंथा तलाबाट उनी हाम्फालेका थिए । प्रहरीका अनुसार उनी ४००१ नं. को कोठामा बस्दै आएका थिए ।
त्यही कोठाको बाथरुमको झ्यालबाट हाम्फाली घाइते भएका उनलाई तत्काल उपचारका लागि केएमसी अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit