Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनीहरुको साथबाट निट्रोसुन–१० ९५ चक्की, पीभोन स्पास प्लस २०८ क्याप्सुल, दुई थान मोबाइल र भारतीय नम्बर प्लेट भएको स्कुटर बरामद गरिएको छ ।

 

पक्राउ पर्नेमा स्कुटर चालक झापाको मेचीनगर नगरपालिका वडा नं ६ बस्ने ३२ वर्षीय निशान अधिकारी र सोही स्कुटरको पछाडी सवार भारत दार्जिलिङ थाना सिलगुढी बस्ने २७ वर्षीया हेनअरा खातुन रहेका छन् ।

 

उनीहरुको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

लियनुङगाङ  फोरममा प्रहरी महानिरीक्षकले भने सीमा अपराध रोक्न सहकार्य आवश्यक 

उनले चीनको जियाङ्सु प्रान्तको लियनुङगाङ सहरमा सुरू भएको पाँचो लियनुङगाङ फोरमलाई भिडियो कन्फेरेन्सद्वारा बुधबार सम्बोधनगर्दै नेपाल सहकार्यका लागि तयार रहेको जानकारी गराएका...

ब‌ैशाख १०, २०७९