Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

 

नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा शुक्रबार प्रधानसेनापति शर्मा र राजदूत अरुणतिलकाबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

 

‘प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो,’ निर्देशनालयले भेटबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै