Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एसएसपी प्रकाश थापाको कमाण्डमा शान्तिसेनामा जाँदै सशस्त्रको १८० जनाको टोली 

कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  प्रकाश थापाको कमाण्डमा १६ वरिष्ठ अधिकृत, ३९ जना कनिष्ठ अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्रसंघको शान्तिसेना मिसनअन्तथर्गत सुडान जाने भएका छन् ।

 

सशस्त्र प्रहरी बलको कार्यालयले दिएको जानकारीअनुसार वैशाख १२ गते साँझ उनीहरु सुडान प्रस्तान गर्नेछन् । 

 


शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा मा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको उक्त टोलीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बिदाइ गरेका हुन् । 

 


महानिरीक्षक केसीले उक्त टोलीमा जाने सबै सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरे। 

 


उनले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे । 

 


केसीले विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै