Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा ललितपुरबाट १ पक्राउ

ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

 

 

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका ४ इमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको  छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै