
‘गौर नरसंहार’ दोहोर्याइदिने अभिव्यक्तिका कारण विवादमा आएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई उनको पार्टी जसपाले यस विषयमा सोधपुछ गरेको छ । आज जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई पार्टी कार्यालयमा बोलाएर यसबारेमा कुराकानी गरेका हुन् ।
मन्त्री यादवले सार्वजनिक रुपमा नै गौर हत्याकाण्ड आफ्नो पार्टीले गरेको अभिव्यक्ति दिएकाले पार्टी र त्यसको अध्यक्षको रुपमा आफू पनि मुछिने भएपछि यादवले सोधपुछ गरेका हुन् ।
बुधबार रौतहटमा आयोजित कार्यक्रममा आफूलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबाट अवरोध भएपछि मन्त्री यादवले उक्त अभिव्यक्ति दिएकी थिइन् । उनले राउतलाई लक्षित गर्दै आफूलाई अवरोध पुर्याए गौर नरसंहार दोहोरिने र मान्छे मारिन सक्ने समेत धम्की दिएकी थिइन् ।
सार्वजनिक पदमा बसेर हिंसात्मक अभिव्यक्ति दिएको भन्दै अहिले मन्त्री यादवको चौतर्फी आलोचना भइरहेको छ भने उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेको छ ।
यस्तै, स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यादवलाई मन्त्रीपदबाट फिर्ता बोलाउन अध्यक्ष यादवलाई दबाब दिएका छन् ।
रौतहटको गौरमा २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको ज्यान गएको थियो । तर उक्त घटनाको अनुसन्धान फाइल भने अघि बढ्न सकेन । जसका कारण आरोपित कसैलाई पनि सजाय हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit