
नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिका दाबेदार रहेका तीन प्रभावशाली नेताहरुबीच भेटघाट भएको छ ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निधिनिवासमा आज छलफल भएको हो ।
सभापतिमा शेरबहादुर देउवा उठ्ने भएपछि यी नेताहरु छलफलमा जुटेका हुन् । स्रोतका अनुसार उनीहरुबीच महाधिवेशनमा सहमति गरेर अगाडि बढ्ने बारे छलफल भएको छ । साथै, अब भेटघाटलाई तीव्रता दिने र आफ्नो पक्षमा अरु प्रभावशाली नेतालाई ल्याउनेबारे पनि छलफल भएको छ ।
महाधिवेशनलगायत सबै विषयमा अब साझा धारणा बनाउने पनि सहमति भएको स्रोतको भनाइ छ ।
हाल सभापति देउवाले पनि आफूनिकटका केन्द्रीय सदस्यहरूसँग बुढानिलकण्ठमा छलफल गरिरहेका छन् ।
तीनै जना नेता कांग्रेसका संस्थापक नेताहरुका छोरा हुन् । निधि नेता महेन्द्रनारायण निधिका, कोइराला बीपी कोइरालाका र संह गणेशमान सिंहका छोरा हुन् ।
उपसभापति निधिले आफू सभापतिको दाबेदारीबाट पछि नहट्ने जनाइसकेका छन् । यस्तै सिंह र कोइराला पनि सभापतिमा लड्ने मनस्थितिमा छन् ।
यसपटक नेपाली कांग्रेसमा यी नेतासँगै सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता सभापति पदका लागि आकांक्षी देखिएका छन् ।
त्यसैले आगामी आगामी महाधिवेशनमा पुराना गुट भत्कने र नयाँ गुट बन्ने अनुमान गर्न थालिएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रुप दिएर निर्माण सुरु गर्न पनि भारतसँग महत्वपूर्ण सहमति
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit