
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनविरुद्ध लड्न पाँच दलको गठबन्धन बनेको बताएका छन् ।
कैलालीको गौरीगङ्गामा आज पार्टीले आयोजना गरेको आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता तथा अस्मिताको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्न पाँच दलको गठबन्धन गरिएको स्पष्ट पारे ।
निर्वाचनको मुखमा गठबन्धन टुट्छ र फेरि प्रतिगमनमा जान पाइन्छ भन्ने षड्यन्त्र भएको उनले बताए
। ‘हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो’, प्रचण्डले भने, ‘छवटै महानगर र ११ वटै उपमहानगरपालिकामा सर्वसम्मत ढङ्गले तालमेल गर्ने निर्णय हुँदा प्रतिगमनकारी विक्षिप्त भएका छन् । मनस्थिति खलबल लिएको छ ।’
आमसभामा सो पार्टीका सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलगायत वक्ताले पनि समसामयिक राजनीतिका विषयमा बोलेका थिए ।
सभामा जनता समाजवादी पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit