Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

फाइल तस्बिर

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । 

 

पक्राउ परेकासँग प्रहरीले नेपाली रु. ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

 

यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । 

 

पक्राउ परेकासँग प्रहरीले रु. २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै