
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । गभर्नर अधिकारीले आज बुधबारदेखि काम थालेका हुन् ।
सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
मंगलबार रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको हो । गर्भनर अधिकारीले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताएका छन् ।
उनले अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त रहेको जनाएका छन् । आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने गभर्नर अधिकारीको भनाइ थियो । अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit