Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

‘सेनामा बेथिति’ शीर्षकका समाचारमा प्राप्त खण्डन

यस पर्दाफास डटकममा प्रकाशित नेपाली सेनासँग सम्बन्धित ‘सेनामा बेथिति’ श्रृंखला अन्तर्गत प्रकाशित समाचारहरुमा सेनाकी प्राविधिक सहसेनानी डा. रक्षा भण्डारी राणाको बारेमा उल्लेख भएपछि उहाँकी आमा शान्ता रायमाझी भण्डारीले आपत्ति प्रकट गर्दै खण्डन पठाउनुभएको छ । 

 

 

उहाँलाई व्यक्तिगत रुपमा परेको असरका विषयमा हामी सचेत र सजग रहने जानकारी गराउन चाहन्छौं । उल्लेखित सैनिक अधिकारी जोडिएका समाचारहरुमा यहाँले आपत्ति जनाउनु भएको विषय हामीले नेपाल प्रेस काउन्सिल, न्यूज सोसाइटी प्रालिका कानूनी सल्लाहकार र वरिष्ठ पत्रकारहरुको सल्लाहअनुसार सच्चाइएको ब्यवहोरा जानकारी गराउन चाहन्छौं । 

 

यस्तै, ‘सेनामा बेथिति’ शीर्षकका समाचारमा नै सेनामा रहेका आफ्ना आफन्तहरुबारे आपत्तिजनक समाचार आएको जनाउँदै ललितपुरका नितेश रेग्मीबाट खण्डन पाएका छौं । 

 

समाचारसँग सम्बन्धित व्यक्तिहरुबाट प्राप्त खण्डनरुपी प्रतिक्रियालाई सम्मान गर्दै ती पत्रहरु हामीले यहाँ प्रकाशित गरेका छौं :

 

 


(नोट : यस पर्दाफास डटकममा प्रकाशित ‘सेनामा बेथिति’ शीर्षकका समाचारहरु हामीले विश्वस्त स्रोत, सुरक्षित प्रमाण, प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, प्रधानसेनापतिको कार्यालय, र सेनाकै उजुरी सुन्ने निकायमा सेनाभित्रकै अधिकारीहरुले पठाएको उजुरीका आधारमा तयार गरि प्रकाशित गरेको जानकारी गराउँछौं : सम्पादक) 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै