Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

युरोपेली संसदको अध्यक्षमा निर्वाचिक माल्टाका रोबर्ट मेट्सोला । तस्वीरः एजेन्सी ।

युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । 

 

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन् । युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।  

 

अहिले ४३ बर्ष भएकी मेट्सोला युरोपेली संसदको अध्यक्षमा सवैभन्दा कान्छो उमेरमा निर्वाचित भएकी हुन् ।  । त्यसैगरी उनी तेस्रो महिला अध्यक्ष हुन्  । उनी यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन् ।

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

अमेरिकी श्रम विभागको तथ्यांक अनुसार इराक र अफगानिस्तान युद्धमा घाइते वा मृत्यु भएका ३०० नेपालीले अहिलेसम्म क्षतिपूर्ति माग गरेका छन् । तर हजारौं नेपाली संलग्न यो युद्धमा...

माघ ५, २०७८