Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सुरु हुने भयाे काठमाडौं–बैंकक हवाई उडान

कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच  बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैंकक नियमित उडान गरिने जानकारी दिएका हुन् । 

 

 

भेटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु हुँदै लुम्बिनीमै रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे ।

 

 

यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्यान्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए । 

 

 

भेटकै क्रममा मन्त्री आलेले नेपाल–थाइल्यान्डको पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप बलियो बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्ने कुरामा जोड दिए । राजदूत भोरासफले लुम्बिनीको विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै