Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कोभिड–१९ बिरुद्ध लडन नेपाललाई निरन्तर भारतीय सहयोग

भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ । 

 

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिवद्धता दोहोराए । 

 


मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना गरे । उनले भारतीय सहयोग कोभिड–१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाएको बताए । 

 


कोसभड–१९ को महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । 

 

गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि हो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै ,एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको छ । 

 

भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै