Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

काेभिडले सुटिङ बन्द भएपछि क्राइम पेट्रोल र सावधान इण्डियाका कलाकार चोरीमा संलग्न

भारतमा अपराध नियन्त्रण तथा अपराधका बिषयमा जनचेतना फैलाउन महत्वपूर्ण भुमिका खेलेको भनिएका चर्चित दुई टेलिभिजन श्रृंखला सावधान इण्डिया र क्राइम पेट्रोलका दुई महिला कलाकार डकैतीको अरोपमा पक्राउ परेका छन् । 

 

 

मुुम्बईको आरे प्रहरीले रोयल पाल्म सोसाइटीस्थित एउटा घरमा पेइङ गेष्ट बसेका उनीहरुले अर्की गेष्टको रकम चोरेको जनाएको छ । 

 

 

प्रहरीका अनुसार  कलाकारद्वय सुरभी श्रीवास्तव र मोहसेना शेखलाई रकम चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले यी दुई जना चोरीमा संलग्न रहेको क्लोज सर्किट क्यामरामा कैद भिडियो समेत देखाएर उनीहरुको अपराधका बिषयमा सोधपुछ गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

 

मुम्बइ प्रहरीका डेप्युटी कमिश्नर (डीसीपी) चैतन्यले घटनाको पुष्टिगर्दै दुबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बताए । उनका अनुसार दुबै बिरुद्ध इण्डियन पेनाल कोटको धारा ३८० अनुसार मुद्दा दर्ता भएको छ । 

 

कोभिड महामारीका कारण दुबै टेलिभिजन श्रृंखलाको सुटिङ बन्द भएपछि उनीहरु चरम आर्थिक संकटबाट गुज्रिरहेका थिए । यही कारण चोरीमा संलग्न रहेको दुबैले प्रहरीमा बयान दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै