
कञ्चनपुर प्रहरीले अवैध केराउ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त केराउ बिहीबार बरामद गरेको हो ।
जिल्लाका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बेलौरी नगरपालिका–२ स्थित भारतिय सीमा नजिकबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको केराउ बरामद भएको छ ।
सु.प.प्र. ०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्याक्टरमा ल्याएएका ६६० कट्टा केराउ, ट्याक्टर र दुई ट्रलीसहितको करिब २५ लाख ९० हजार रुपैयाँ बराबरको सामग्री बेवारिसे अवस्थामा फेला पारिएको उनको भनाइ छ ।
ती सामग्री आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit