Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

स्थानीय तह निर्वाचनलाई उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । 

 

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको जनाएको छ । 

 

वैशाख १४ र १५ मा मनोनयन पत्र जाँच र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गरिनेछ भने उम्मेदवारले आफ्नो नाम फिर्ता गर्न चाहेमा वैशाख १६ गते गर्न सक्नेछन् । आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिह्न प्रदान गर्ने तालिका बनाएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै