Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

निर्वाचनमा आ–आफ्नो घोषणा पत्र लिएर जाने हो : उपसभापति गुरुङ

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बहुलबादमा आधारित संसदीय पद्धतिमा दलहरुले आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

 

आज पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताएका छन् । उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उनकोे भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उनले बताएका छन् ।

 

 

‘सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो । वैचारिक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो’ उनले भने ।

 

 

उनले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

 

 

पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उनले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गरेका छन् ।

 

 

‘निर्वाचनमा समूह हो अब होइन’ उनले भने ।

 

 

निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रीय सदस्य रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताएका छन् । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै