Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बालविवाह मुद्दामा पाँच जनालाई कैद

सांकेतिक तस्वीर ।

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । 

 

उनीहरूलाई जनही रु पाँच–पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । 

 

उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो । 

प्रतिक्रिया

1
  • Amscqb

    फाल्गुण ३, २०७८

    cialis 40mg oral - tadalafil 10mg for sale order cialis 10mg pills

प्रतिकृया थप्नुहोस्
  • Amscqb

    फाल्गुण ३, २०७८

    cialis 40mg oral - tadalafil 10mg for sale order cialis 10mg pills

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै