Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

रुपन्देहीको सिद्धार्थनगरका वडासचिव घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडासचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव नायब सुब्बा मोहम्मद सिद्धिक छन् । 

 

उनले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियारले आफ्नो विज्ञप्तिमा जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै