Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

फाइल तस्बिर

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनराज पराजुली रहेका छन् । 

 

उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको हो ।

 

उनीहरु उपर मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै