Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

वक्तव्य निकाल्दै पूर्व राजा ज्ञानेन्द्रले भने: अवस्था विकराल नहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएसँगै देशमा धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन र उद्धार तथा राहातको कामलाई तदारुपकताका साथ गर्न आग्रह गरेका छन् । 

 

'मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ,' उनले वक्तव्यमा भनेका छन्, 'प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ । अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।'

 

वक्तव्यमा भनिएको छ, ‘देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै