Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

'विभूषित हुन योग्य छु' भन्दै दरखास्त हाल्न सरकारको आह्वान

सरकारले संविधान दिवसको दिन दिने विभुषणका लागि खुल्ला आह्वान गरेको छ । त्यसका लागि 'विभूषित हुन योग्य छु' भन्दै दरखास्त दिनुपर्ने गृहमन्त्रालयले जनाएको छ । 

 

गृह मन्त्रालयले एक सुचना गरी गर्दै आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

 

‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जारी गरेको सुचनामा उल्लेख छ ।

 

दाहालका अनुसार विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्ने छ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै