Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

इन्जाद्धारा रुसी सेनाबाट भएकाे पत्रकारहरुको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको  भर्त्सना

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको भर्त्सना गरेको छ ।

 

एक सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अतिनै दुःखद खबर भएको इन्जाले जनाएको छ ।  


इन्जाले  रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न अनुरोध गरेको छ । 

 

इन्जाले रूसको यो कार्य स्पष्ट रूपमा युद्ध अपराध भएको र प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् हो भन्ने ठहर गरेको छ ।  

 

युद्ध क्षेत्रमा मारिएका पत्रकारत्रय ब्रेट रेनाउड,  पियर जाक्रजेव्स्की,  र ओलेक्सान्ड्रा कुर्सिनोभाप्रति इन्जाले श्रद्धान्जली अर्पण गरेको छ । 

 


अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो भने युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा साशा कुभ्साइनोभा, र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की, दुबै कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए । बेलायती पत्रकार बेन्जामिन हल पनि घाइते भएका थिए। 


 इन्जा विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकैठाउंमा उंभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न हार्दिक अपील गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै