Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

शैक्षिक सुधारमा हात बढाउँदै नेपाली सेना तथा सैनिक श्रीमती संघ

नेपाली सेना तथा सैनिक श्रीमती संघले सिरहाको स्थानीय विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरु सहयोग गरेको छ ।

 

 

सेना दिवस २०७८ को उपलक्ष्यमा नेपाली सेना तथा सैनिक श्रीमती संघले फाल्गुण ४ मा सिरहा जिल्ला, विष्णुपुर गाँउपालिका ४ थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरु सहयोग गरेको हो ।

 

 

सैनिक जनसर्म्पक तथा सूचना निर्देशनालयका अनुसार बेन्च तथा टेबल, स्टिलको दराज  र ह्वाईट बोर्डलगायतका फर्निचर तथा स्टेशनरीका सामग्री सहयोग गरेको हो ।                

 

 

विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्याउने उद्देश्यका साथ उक्त सहयोग गरेको निर्देशनालयले जनाएको छ । उक्त कार्यक्रम सैनिक श्रीमती संघकी अध्यक्ष  सुनिता शर्माको प्रमुख आतिथ्यतामा संचालन भएको निर्देशनालयले जानकारी दिएको छ ।  

 

 

उक्त सहयोग कार्यक्रममा २७ बाहिनी अड्डाका बाहिनीपति, सिरहाका प्रमुख जिल्ला अधिकारी, सैनिक श्रीमती संघका उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर गाँउपालिकाका अध्यक्ष, पत्रकारलगायत समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा छात्ररछात्राहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै