Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

महेश बस्नेतको आरोपपछि बाबुराम भट्टराईले खुलाए प्रधानमन्त्रीसँग भेट्नुको कारण

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको कारण खुलाएका छन् । 

 

प्रधानमन्त्री ओली निकट एमाले नेता महेश बस्‍नेतले डा. भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको आरोप लगाएका थिए । त्यसको जवाफमा भट्टराईले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन् । 

 

आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भट्टराईको भनाई छ । 

 

'प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रमबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो,' भट्टराईले ट्‍वीटरमा लेखेका छन्, ' वहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौं!'

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै