
धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङ गाउँपालिका–२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १९ वर्षीय सुरज भण्डारी र काठमाडौं काडाँघारी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका २१ वर्षीय किरण कार्की रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग गरी उक्त रकम नदिए क्षति पु¥याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाइल तथा सीमहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त व्यूरोले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit