Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रदेश २ मा तस्करी, लागूऔषध र अपराध यसरी रोक्दै छ सशस्त्र प्रहरी

भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ ।

 

यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमुख छन् डीआईजी गणेश ठाडा मगर । उनी प्रदेश नं. २ प्रमुख भएको गत असोजमा हो । त्यसअनुसार उनको कार्यकाल सुरु भएको भर्खर २ महिना मात्र पुग्दै छ । 

 

तर यसबीचमा लागूऔषध तस्करी नियन्त्रण, सीमा अपराध न्यूनीकरण, अवैध र भन्सार छलेर ल्याइएको सामग्री बरामद र आपराधिक गतिविधि रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

 

यस अवधिमा तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको बाहिनीले डेढ महिनामा करिब १० करोड रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । 

 

तस्करी नियन्त्रणमा व्यापक प्रहरी परिचालनपछि राजस्व असुलीमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयकहरुको तथ्यांक छ । गत असोजमा यहाँको भन्सारले १७ अर्ब १ करोड ३४ लाख राजस्व संलकनको लक्ष्य पाएकोमा ३ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । 

 

 

पछिल्लो २ महिनामा प्रदेश २ मा भन्सार छली गरी नेपाल भित्र्याएका ९ करोड रुपैयाँभन्दा बढीको सामान बरामद गरिएको सशस्त्र प्रहरीको तथ्यांक छ । यस बाहेक विभिन्न खालका लागूऔषध सहित ११ जना व्यक्ति पक्राउ परेका छन् । 

 

डीआईजी मगरले मानव बेचबिखन हुन नदिन सीमामा कडाइ गरिएको जनाए । यस अवधिमा ललाइफकाई भारत लैजान लागिएको ४ बालिकाको उद्धार र ४ व्यक्तिलाई पक्राउ गरिएको छ । चाडपर्वको अवसरमा ४ लाख रुपैयाँभन्दा बढी मूल्यको विभिन्न खाले पटकाहरु बरामद गरी नष्ट गरिएको छ । 

 

कात्तिमा २८ गतेबाट सबै जिल्लाहरुमा लगाइएको गाँजा फडानी सुरु गरेको सशस्त्र प्रहरीले संयुक्त रुपमा महोत्तरी र सर्लाहीको करिव १४ बिगाहामा लगाइएको जांगा नष्ट गरेको छ । यस क्रममा करिब १० ट्रक गांजा नष्ट गरेको बाहिनीले जनाएको छ । 

 

यसका अलावा यो अवधिमा पर्सा, बारा, सप्तरी, महोत्तरी लगाएका जिल्लाका बिभिन्न स्थानबाट करिव २५० केजि भन्दा बढी तैयारी गाँजा, २२ केजी चरेस तथा ब्यक्तिहरु पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको छ । 

 

 

यस्तै, विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउदै गरेको तथा लुकाइ छिपाइ राखेको करिब ५०० क्यु फिट काठ बरामद गरि विभिन्न वन कार्यालयहरुमा बुझाएको छ । 

 

डीआईजी मगरले सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारीअनुसार सीमा अपराध नियन्त्रणलाई नै पहिलो प्राथमिकतामा राखेको बताए । ‘त्यसबाहेक लागूऔषध प्रयोग, उत्पादन र तस्करी नियन्त्रण, ठूला अपराधहरु न्यूनीकरणलगायत प्राथमिकतामा राखेको छु,’ उनले भने ।

 

प्रदेशमा भूमिगत गिरोह, साना हतियारधारी समूहलो सूचना राख्ने र उनीहरुलाई नियन्त्रण गर्नेजस्ता काम पनि सशस्त्र प्रहरीले गर्दै आएको छ । प्रदेश २ मा सिके राउत र नेत्रविक्रम चन्द विप्लव पार्टीका विभिन्न गतिविधिमा विवादमा आउने गरेका छन् । उनीहरु कानुनविपरीत काम गर्ने भएकाले त्यसको निगरानी र रोकथाममा पनि सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्दै आएको छ । 

 

अर्कोतर्फ धर्म तथा जातिगत झडप हुने सम्भावनाहरु पनि पछिल्लो समय बढेको छ । हालै जनकपुरमा हिन्दू र मुसलमान धर्मावलम्बीबीचको झगडा त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । ‘यस्ता गतिविधि रोक्न पनि हामीले विशेष रुपमा काम गर्दै आएका छौं,’ डीआईजी मगरले भने । 

 

यससँगै नदीदोहन रोक्न पालिकालाई सघाउने, वनजन्तु र वनजन्य तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै