Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रुसमा चुनावी सरगर्मी, फेरि आफूले नै जित्ने पुटिनको दाबी

रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । 

 

यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि स्थापना गरेका हुन् । उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए ।

 

वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तीन्र आक्रोश जनाएका थिए । त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो । 

 

युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कँदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाइ भएको छ । 

 

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु–विदेश मन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिएका छन् । सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सेनाध्यक्ष आउनु अघिल्लो साँझ भारतले दियो एक अर्व रुपैयाँ 

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रम...

भदौ ३१, २०७८