Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

रुसको आक्रमणमा आफ्ना २५ सयभन्दा धेरै सैनिक मारिएको युक्रेनको दाबी 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना २५ सयभन्दा धेरै सैनिकको मृत्यु भएको बताएका छन् । 

 


जेलेन्स्कीले युक्रेनका २५ सयदेखि ३ हजार सैनिकको मृत्यु भएको उल्लेख गरेका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा उनले थप १० हजारभन्दा धेरै सैनिक घाइते भएको बताएका हुन् । 

 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जेलेन्स्कीको भनाइ छ । अहिले उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जेलेन्स्कीले बताए । 

 

मृतक तथा घाइतेलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।  

 

फेब्रुअरी २४ बाट रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । विश्वव्यापीरुपमा रुसले गरेको आक्रमण विरोध भइरहेको छ । सुरुवाती केही चरणमा यी दुई मुलुकबीच युद्धविरामको लागि वार्ता भए पनि सहमति नभएपछि अहिले वार्ता पनि रोकिएको छ ।

 

अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्तामार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै