
विराटनगरमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको भएको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेपछि केही व्यक्तिलाई पक्राउ गरेको छ ।
मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले राजमार्गमा अवरोध पुर्याउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको पहिचानलगायतको विवरण खुलाएको छैन ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जना छन् । भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबर पक्राउ परेका हुन् । राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन् ।
प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । मोरङ सुन्दर हरैंचा–७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका हुन् । नाबालिकाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो । हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit