
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय चितवन उत्कृष्ट भएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षिक कार्ययोजना अनुसार २०७८ वैशाखदेखि असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्यांकनको आधारमा चितवनले अधिकतम अंक हासिल गरी उत्कृष्ट जिल्ला बन्न सफल भएको जनाइएको छ ।
यस्तै साउन महिनामा पनि चितवन प्रहरी उत्कृष्ट बन्न सफल भएको छ । हाल वाग्मती प्रदेश प्रहरी प्रमुखमा डीआईजी प्रकाशजंग कार्की छन् भन जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओमप्रसाद अधिकारी छन् ।
अपराध अनुसन्धान तथा नियन्त्रण, जघन्य अपराधको अनुसन्धान, फरार अभियुक्त पक्राउ, मातहतका इकाई र कर्मचारीसँगको समन्वयन तथा शान्ति सुब्यवस्था कायम राख्न खेलेकोको भुमिकाका आधारमा जिल्ला प्रहरी कार्यालयहरुको मूल्यांकन भएको हो ।
चितवन प्रहरीलाई अपराध अनुसन्धान, लागूऔषधको कारोबार र फरार अभियुक्त पक्राउदेखि कोभिड र प्राकृतिक विपतमा खेलेको भुमिकाका लागि पुरस्कृत गरिएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit