
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको आरोपमा त्यहाँ कार्यरत रहेका असई दीलिप कार्की बिरुद्ध भ्रष्टचार मुद्दा दर्ता गरेको छ ।
आयोगले प्रहरी कल्याण कोषद्धारा संचालिक पेट्रोल पम्पको एक करोड तीन लाख सन्तान्बे हजार रुपैयाँ भनदा बढी भ्रष्टचार गरेको आरोपमा कार्की बिरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनले कोषको संचालित खातामा अन्य ब्यक्तिले भुक्तानी गरेको रकमलाई समेत पेट्रोल पम्पको आम्दानी देखाएर रकम हिनामिना गरेको आयोगले जनाएको छ । आयोगले कार्की बिरुद्ध हिनामिना गरेको रकम भराउने र जेल सजायको मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit