
प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का नेता तथा गत प्रदेश सभा निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुर प्रदेश सभा ३ (क) मा उम्मेदवार बनेका महत सोमबार राती युरेनियमसहित पक्राउ परेका हुन् ।
उनी माओवादी केन्द्रका राजकाजी महर्जनसँग पराजित भएका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार र बा २६ प १६२८ नम्बरको मोटरसाइकलसहित सिराहा लक्ष्मिपुर पतरी गाउँपालिका घरभई हाल ठमेल बस्ने गोपीलाल दास, सिन्धुपाल्चोक हेलम्बु घरभई हाल बौद्ध महाँकाल बस्ने रामकृष्ण लामिछाने, कपनका भुपेन्द्र खडका, ललितपुरका नवराज महत, सिरहाकै बरियापट्टी घरभई ठमेल बस्ने जिवछ नारायण यादव, महोत्तरी भई गोकर्णेश्वरको शिवचोक बस्ने सुरेन्द्र प्रसाद चौधरी, भारतको विहारस्थित गया चनादहोता घर भएका उपेन्द्रकुमार मिश्र र महोत्तरी एकाडारा ६ बगैया कलुवा घर भएका राजु ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीको विशेष ब्युरोका सहयोगमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको बा ५च ८२०९ नम्बरको हुण्डाई गेटज कारबाट कालो छालाको झोलामा राखिरहेको अवस्थामा युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको हो ।
वृत्त बौद्धले सोमबार राती उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले आज बरामद पदार्थको परिक्षणका लागि पठाउने छ । कालो छालाको जस्तो देखिने कभरले प्याकेट जस्तो बनाई राखेको अवस्थामा बरामद वस्तु परिक्षणपछि मात्र युरेनियम भए नभएको यकिन हुनेछ ।
महानगरीय प्रहरीले यसअघि फागुन २०७७ मा साढे दुई किलो युरेनियम डेढ अर्वमा बेचबिखन हुने तयारी भइरहेको अवस्थामा युरेनियम बरामद गरेयता यससम्बन्धी घटना प्रकाशमा आउन थालेका छन् ।
युरेनियम के हो?
वर्ल्ड न्युक्लियर एसोसिएसनका अनुसार युरेनियम एक गह्रौँ धातु हो। आणविक उर्जा र हतियार उत्पादनमा यो प्रयोग भइरहेको छ।
जर्मन रसायनशास्त्री मार्टिन क्लाप्रोथले सन् १७८९ मा युरेनियम पत्ता लगाएका थिए। पछि यसको नाम हाम्रो सौर्य प्रणालीको सातौँ ग्रह युरेनस अर्थात् अरुणसँग जोडेर युरेनियम राखियो।
युरेनियमको पग्लिने विन्दु ११३२ डिग्री सेल्सियस हो। विज्ञानमा यसलाई ठूलो ‘यू’ संकेतले चिनिन्छ। युरेनियम बहुउपयोगी धातु हो। आजको समयमा यसको प्रयोग आणविक भट्टीमा इन्धनको रुपमा हुने गर्छ।
प्राकृतिक रुपमा युरेनियम–२३८ र युरेनियम–२३५ तथा सानो परिमाणमा युरेनियम–२३४ गरी तीन प्रकारमा युरेनियम उपलब्ध हुन्छ। युरेनियम–२३५ त्यस्तो प्राकृतिक वस्तु हो जसले फिसन चेन रियाक्सन अर्थात् विखण्डन शृंखला प्रतिक्रिया कायम राख्न सक्छ। जसबाट प्रचुरमात्रामा ऊर्जा निस्किन्छ।
प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit