Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बारामा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान, एक पक्राउ


प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

 

 

सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रतनपुर बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई भेटेको हो । 

 

 

करिब ८–१० जनाको समूहले भक्तलाल खोलाको बगरमा अवैध लागूऔषध गाँजा ओसारपसार र खरिद बिक्री गरिरहेका थिए ।

 

 

लागूऔषध तस्करहरूले प्रहरी टोलीलाई देख्नसाथ फायर गरेकोले प्रहरी टोलीले प्रतिकारस्वरुप ठूलो चाइनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

 

 

उनका अनुसार तस्करहरू मध्येका मकवानपुर हेटौडा उपमहानगरपालिका–६ बस्ने वर्ष ४७ का ईमान सिंह तामाङलाई पक्राउ गरिएको हो । घटनास्थलबाट ५ ओटा सेतो बोराभित्र लुकाई छिपाई राखेको १०२ के.जि. अवैध लागू औषध गाँजा पनि बरामद भएको छ ।

 

 

तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक पनि बरामद भएको गौतमले बताए । तामाङलाई हातहतियार खरखजाना र लागू औषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

विप्लवका कार्यकर्तासँग भेटियो सेनाको युद्ध भैरब गणका कागजपत्र, अनुसन्धानगर्दै प्रहरी

प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...

पुस २६, २०७७