
भरतपुरको टीभीएस शोरुम मालाश्री मोटर्समा सप्तरंग ३ का कलाकारहरुद्वारा १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकलहरुको सार्वजनिक गरिएको छ ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, भरतपुर स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरिएको हो । आज भएको कार्यक्रममा सप्तरंग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी को उपस्थितिमा उक्त मोटरसाइकलहरु सार्वजनिक गरिएको हो ।
युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit