Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सामुदायिक वन उपभोक्ता समूहको रकम अनियमितता गर्ने चारजनाविरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहले आम्दानी अनियमितता गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर गरेको छ।

 

 

अख्तियारका अनुसार भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले  गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम  हिनामिना गरी हानिनोक्सानी गरेको आरोपमा निहानु थारु, सोहन प्यारी थारु, राधेश्याम र पारस गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । 

 


अख्तियारले उनीहरुसँग दुई लाख ७८ हजार ८४ रुपैयाँ बिगो र कैद तथा जरिवाना माग गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै