Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

खुर्सानीको धुलो छर्केर मुम्बईका भाेस्लेकाे ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटियाे दुई पक्राउ *सच्चाइएकाे  

काठमाडौंबाट योजनावद्धरुपमा सुन पसले एउटा समूहका सदस्यलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिन सफलता पाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २५ फागुनमा चावहिल क्षेत्रमा भएको ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाटमा संलग्न गिरोह पक्राउ परेको हो । 

 

परिसरका अनुसार घटनाका दिन चावहिल–७ मा रहेको ओम शाही टञ्‍च सेन्टर सुन पसल  बन्द गरेर घरजानेक्रममा भारतको  महाराष्ट्र प्रदेश साङगाली थाना घर भई हाल चावहिल बस्ने अमोल भोस्ले लुटिएका हुन् । उनका साथबाट पसल बन्द गरेर साथमा लिएर गएकाे सुन र नगद लुटिएको हो । 

 

परिसरका अनुसार उनलाई चुच्चेपाटीस्थित एनसीसी र एनएमबी बैंकको पछाडी रहेको पार्किङस्थल नजिकै जाने क्रममा भारतको देश महाराष्ट्र प्रदेश साङगाली थाना घर भई हाल चावहिल बस्ने अमोल भोस्लेलाई गिराेहलेउनी सवार स्कुटी रोकी रोकेर आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी लुटपाट गरेको थियो । 

 

घटनाको जानकारीपछि महानगरीय प्रहरी बृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली तत्कालै परिचालित गराई मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाण्डौस्थित सम्पूर्ण प्रहरी कार्यालयहरुलाई सतर्क गराई निज लुटेराहरू काठमाण्डौ बाहिर जानसक्ने सम्पूर्ण नाकाहरुमा कडा चेकजाँचको ब्यवस्था मिलाइएको थियो  ।

 

महानगरीय प्रहरी परिसर काठमाण्डौको बिशेष टोलीलाई समेत परिचालनगर्दा त्यस क्षेत्रमा रहेको क्लोज सर्किट क्यामरामा  डकैतीमा संलग्न ब्यक्तिहरू ३ दिनदेखि घटनास्थल नजिकै रहेकोक्याफेमा बसेर पीडितको निगरानी गर्ने खुलेको थियो ।

 

परिसरको विशेष टोलीले २६ फागुनमा नै दाङ घर भई हाल शान्तिनगर  बस्ने महेश बिश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि २८ फागुुनमा दाङकै  राजेन्द्र सिनलाई जिल्ला प्रहरी कार्यालय, दाङको सहयोगमा दाङबाट पक्राउ गरिएको थियो ।  घटनामा संलग्न अन्य आरोपीहरुको खोजी कार्य जारी रहेको  परिसरले जनाएको छ । 

 

(*यसअघिको समाचार र शिर्षकमा भुलवश अन्यथा हुन गएकाले सच्चाएका छौं–सम्पादक )


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । 

फाल्गुण ३०, २०७८