
बाजुरा प्रहरीले एकल महिलालाई बलात्कार गरी ५ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका–५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही छन् ।
शाहीले १३ पुस २०७४ मा राति ती महिलालाई बलात्कार गरेका थिए । ती महिला बस्नको लागि घर समेत नभएकाले आफ्ना छोरीहरुसहित आफन्तकोमा बस्दै आएकी थिइन् ।
बाजुरा जिल्ला अदालतले शाहीलाई ३ भदौ २०७६ मा दुई वर्ष ६ महिना कैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।
घटनापछि शाही जिल्लाभित्रै तथा मुलुक बाहिर विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनलाई बाजुरामै लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको थियो । जिल्ला अदालत बाजुरामा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय, मार्तडीमा पठाइएको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit